चापाकोट महोत्सव: सन्तोषको सम्झनामा भलिबल प्रतियोगिता
विजेतालाई नगद रु १ लाख ५० हजार
स्याङ्जा | माघ २८, २०८०
पोखरा: गण्डकी प्रदेशका भलिबल खेलाडी स्व. सन्तोष थापामगरको स्मृतिमा स्याङ्जाको चापाकोटमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको प्रतियोगिता संयोजक राजन दलार्मीले जानकारी दिए ।
दर्लामीले आगामी फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने दोस्रो चापाकोट महोत्सवमा स्वर्गीय थापामगरको स्मृतिमा आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको संयोजक दर्लामीले बताए ।
‘गण्डकी प्रदेशका भलिबल खेलाडी सन्तोष थापामगर भलिबल प्रतियोगिता खेलेर गत कात्तिकमा घर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परेर निधन भयो’, प्रतियोगिता संयोजक दर्लामीले भने, ‘प्रदेशले महत्वपूर्ण भलिबल सदस्य गुमाएको छ । त्यसैले सन्तोषको सम्झनामा हामीले चापाकोट महोत्सवको अवसरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेका हौं ।’
उनका अनुसार चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा हुने सो प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुद छ ।
फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

